प्रहार समाचार । सुनसरी १३ असोज २०८१ आइतबार । तीन दिन देखि आएको अबिरल वर्षापछि आएको बाढि र पहिरोबाट बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित हुन पुगेका छन् ।

कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको वडा नं . १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेर क्षति पुऱ्याएको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए । ढकालका अनुसार हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन्।
जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएकाे ढकालको भनाई रहेको छ। बढीका कारण विद्यालयहरु बन्द रहेका छन् भने खानेपानी र विद्युत् सेवा समेत अवरुद्ध हुन पुगेको बताईएको छ।
























