हेडलाईनसमाचारप्रदेश

बाढिको बितण्डा : एक सयको मृत्यू ,६५ जना बेपत्ता

प्रहार समाचार । तनहुँ १३ असोज २०८१ आइतबार ।  चार दिन देखि परेको अबिरल वर्षाकाका कारण आएको बाढी पहिरोबाट मृत्यु हुनेको संख्या एक सय पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको  छ।

मन्त्रालयका अनुसार  काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्।  काठमाडौं उपत्यकामा मात्रै  २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।

बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्।

प्रहरीका अनुसार बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण रूपमा क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको छ । बाढि र पहिरोका कारण हजारौं घरबार बिहिन हुन पुगेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button