हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

तनहुँको निर्मल मावि व्यास १ मा निःशुल्क सिभिल इन्जिनियरिङ पढ्न पाईने

प्रहार समाचार । १३ असोज २०८१ आइतबार । तनहुँको व्यास नगर पालिका वडा नं १ , भादगाउँमा  रहेको  निर्मल माध्यमिक विद्यालयमा विद्यार्थीहरुले  निःशुल्क सिभिल इन्जिनियरिङ पढ्ने अवसर पाउने भएका छन्।

गण्डकी प्रदेश सरकार , सामाजिक विकास , युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित इन्स्योर परियोजना दोस्रो अन्तर्गत २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम ( अप्रेन्टिशीप ) कार्यक्रमको प्रि – डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी  ( अप्रेन्टिशीप ) कार्यक्रममा नि : शुल्क भर्ना भएर पढ्न पाईने विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए ।

‘सिप हुन्छ हातमा रोजगारी  साथमा’ भन्ने मूल नाराकासाथ  विद्यालयमा २४ महिने कोर्ष सञ्चालन हुने छ । गण्डकी प्रदेशका ६ जिल्लाका  ७ विद्यालयमा  यस्तो कार्यक्रम सञ्चालन हुने गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्राविधिक सहायक चोलाकान्त सुवेदीले बताए । उनका अनुसार एसइई  परीक्षामा एनजी आएका विद्यार्थीले समेत उक्त कार्यक्रममा सहभागी हुन पाउनेछन्।


३० जना मात्र कोटा रहेको यस कार्यक्रममा प्रत्येक विद्यार्थीले हाजिरी दिनको एक सय रुपैया खाजा खर्च , औद्योगिक प्रशिक्षणको क्रममा न्यूनतम ज्यालको २५ प्रतिशत प्रोत्सहन रकम तथा  पोशाक खर्च दुई वर्षको ६ हजार  समेत पाउनेछन् । त्यसैगरी प्रत्येक विद्यार्थी हरुलाई ७ लाखसम्मको दुर्घटना बीमा समेत उपलब्ध हुने छ।

विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत सिभिल इन्जिनियरिङको पढाईले विद्यार्थीलाई प्राविधिक क्षेत्रमा जान नयाँ ढोका खुल्ने विश्वास लिन्छन्।  विद्यार्थीहरुले यहि असोज १८ गते सम्म आवेदन दिन पाउने र कात्तिक ३ गते प्रवेश परिक्षा हुने विद्यालयले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button