हेडलाईनसमाचारप्रदेश

राष्ट्रपति पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

प्रहार समाचार । काठमाडौँ ४ भर्दा २०८१ शुक्रवार । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८० / ०८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमासमेत पदपूर्तिको लागि जिम्मेवारी तोकेअनुसार कार्य सम्पादन गर्नु सराहनीय रहेको बताए ।

राष्ट्रपति पौडेलले नेपाली जनताको आस्था र विश्वासको धरोहरको रुपमा रहेको आयोगले अझै व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले कार्य सम्पादन गर्ने विश्वास समेत राष्ट्रपति पौडेलले लिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button