प्रहार समाचार । काठमाडौँ ४ भदौ २०८१ शुक्रवार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर अगाडि बढ्नुको बिकल्प नरहेको बताएका छन् ।

गणेशमान स्मृति दिवस तथा संविधान दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ५ (क) को हिंजो उद्घाटन गर्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई सुलभ मूल्यमा स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा सुधार अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
“स्वास्थ्यमा राज्यले धेरै ठाउँमा रकम छर्नुभन्दा एकै ठाउँमा सेवा प्रदान गर्न सकिए खर्च समेत जोगिन सक्छ”, मन्त्री पौडेलले भने । नागरिकको स्वास्थ्य भन्दा अरु ठूलो कुरा केहि नभएकाले आफू नागरिकको भविष्य सम्झेर स्वास्थ्य बीमा सुधार अभियानमा लागिरहने प्रतिबद्धता समेत मन्त्री पौडेलले जनाए ।
























