हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

यस्तो रहने छ आजको मौसम 

प्रहार समाचार । काठमाडौ ४ असोज २०८१ शुक्रबार  । अहिले  देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज  विहानै देखि कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा बाँकी पहाडी भेगका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा  मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button