प्रहार समाचार । तनहुँ ३ असोज २०८१ विहिबार । । सरकारी तबरबाट आज तामझामका साथ संविधान दिवस मनाइरहँदा कतै भने ‘ असोज तीन : कालो दिन’ भनेर विरोध गरिएको छ।

प्राप्त समाचार अनुसार मुलुकको धनगढत स्थित मधेस केन्द्रित दल तथा बसोबास गर्ने समुदायले आफूहरूको हक अधिकार संविधानमा सुनिश्चित नभएको भन्दै आज कालो दिनको रूपमा मनाएका छन् ।
पश्चिम नेपालको थारु समुदाय तथा त्यहाँ केन्द्रित दलले पनि कालो दिवस मनाएका छन् । संविधान लेखन चलिरहँदा थरुहट थारुवान आन्दोलन हाँक्नेहरू संविधान जारी भएको असोज ३ गते कालो दिनको रूपमा मनाउँदै आएका हुन् ।
एक थरुहट नेताले वर्तमान व्यवस्थाप्रति आक्रोश पोख्दै भने, ‘हामीले के लागि संविधान दिवस मनाउने ? बेरोजगारी, गरिबी, भ्रष्टाचार उस्तै छ । उत्पीडित समुदायले अधिकार माग्दा झुटो मुद्दा लगाइन्छ । यो अवस्थामा कसरी हामी संविधान दिवस मनाउन सक्छौ ?’
























