हेडलाईनसमाचारगण्डकी

सन्दर्भ  : शिक्षा  दिवस २०८१ हाजिरी जवाफ प्रतियोगिता तथा शिक्षक विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न

प्रहार समाचार । गोरखा २ असोज २०८१ बुधवार । “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीमा सक्षमता” भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पालुङटार नगरपालिकाले अन्तर विद्यालय शिक्षक हाजिरी जवाफ प्रतियोगिता तथा शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एस.इ.इ) र कक्षा १२ को अन्तिम परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने  विद्यालय, शिक्षक विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ ।

भवानी माध्यमिक विद्यालयमा सञ्‍चालन भएको उक्त कार्यक्रममा पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पूर्ण बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा नगर प्रमुख विवस चिन्तनको प्रमुख आतिथ्यता रहेको थियो भने नगर उप प्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायतको उपस्थिति रहेको थियो। भवानी माध्यमिक विद्यालयका शिक्षक ज्ञान बहादुर मिजार र नगरपालिकाका स्रोत शिक्षक सन्तोष पाण्डे द्वारा संयुक्त रुपमा सञ्चालीत कार्यक्रममा पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शाखा अधिकृत माधव पोखरेलले स्वागत गरेका थिए ।


नगरपालिकाको आयोजना सञ्‍चालन भएको अन्तर विद्यालय शिक्षक हाजिरी जवाफ प्रतियोगितामा पालुङटार नगरपालिकाभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका आधारभूत र माध्यमिक तहका १९ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिता समूह चरण, छनौट चरण र फाइनल चरण गरी तीन चरणमा सञ्चालन भएको थियो।

समूह चरण र छनौट चरणमा सफल भइ डुम्रे आधारभूत विद्यालय,पालुङटार-३, जनता माध्यमिक विद्यालय,पालुङटार-२, बालकल्याण माध्यमिक विद्यालय पालुङटार-७ र सगरमाथा प्राथमिक विद्यालय, पालुङटार-३ फाइनल चरणमा प्रवेश गरेका थिए।जनरल राउण्ड, र्‍यापिड फायर राउण्ड, अडियो भिजुअल राउण्ड र बज्र राउण्ड गरी चार राउण्डमा सञ्‍चालन भएको थियो । प्रतियोगितामा बालकल्याण माध्यमिक विद्यालय, पालुङटार-७ ले प्रथम, जनता माध्यमिक विद्यालय, पालुङटार-२ ले द्वितीय, डुम्रे आधारभूत विद्यालयले तृतीय र सगरमाथा प्राथमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

प्रथम, द्वित्तीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमश: नगद १०, आठ र पाँच हजार र  सान्त्वना  तीन हजार साथै प्रमाणपत्र प्राप्त गरे ।


त्यसैगरी सोहि कार्यक्रममा पालुङटार नगरपालिका भित्र सञ्‍चालित विद्यालयहरुले शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एस.इ.इ) र कक्षा १२ को अन्तिम परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने  विद्यालय, शिक्षक विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रम समेत सम्पन्न गरेको छ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालय तर्फ जनता माध्यमिक विद्यालय, पालुङटार-२, र संस्थागत विद्यालय तर्फ युनाइटेड इङ्लिस बोर्डिङ स्कूल, सर्वोत्कृट नतिजा हासिल गर्ने सामुदयिक विद्यालय जीवन ज्योति माध्यमिक विद्यालय, पालुङटार-७ का छात्र निश्चल श्रेष्ठ, छात्रा तर्फ अकला माध्यमिक विद्यालय पालुङटार-८ का सुधा श्रेष्ठ पुरस्कृत भएका थिए । त्यस्तै संस्थागत विद्यालय तर्फ युनाइटेड बोर्डिङ स्कुलका छात्र सजिन्द्र बानिया क्षेत्री र छात्रा युजिना गुरुङ सर्वोत्कृष्ट विद्यार्थीको रुपमा पुरस्कृत भए । भ

विषयगत रुपमा सामुदायिक विद्यालय तर्फ अनिवार्य अंग्रेजी विषयमा अमर ज्योति जनता माविका शिक्षक ओम प्रसाद न्यौपाने, नेपाली विषयमा मिरकोट माध्यमिक विद्यालयका शिक्षक पवित्रा अधिकारी पौडेल, गणित विषयमा अकला माविका शिक्षक राजेन्द्र अंगाई, विज्ञान विषयमा जनता माविका शिक्षक सुजन श्रेष्ठ र सामाजिक विषयमा मिरकोट माध्यमिक विद्यालयका शिक्षक रेवतीरमण खनाल उत्कृष्ट शिक्षक पुरस्कारले सम्मानित भए । उता संस्थागत विद्यालयतर्फ नेपाली, अंग्रेजी र गणित विषयमा युनाइटेड बोर्डिङ् स्कूलका सञ्‍जीव रानाभाट, सरला सिंखडा सापकोटा र कृष्ण प्रसाद सापकोटा उत्कृष्ट शिक्षकको रुपमा सम्मानित भए भने विज्ञान र नेपाली विषयमा ठाँटीपोखरी बालज्योति बोर्डिङ स्कूलका शिक्षक सन्तोष गिरी र अनिल पोखरेल उत्कृष्ट विषय शिक्षकका रुपमा सम्मानित भएका पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पूर्ण बहादुर नेपालीले बताए ।क



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button