हेडलाईनसमाचारप्रदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ पुर्जी जारी : ‘ यहि हो लोकतन्त्र ? ‘ – प्रसाई

प्रहार समाचार । काठमाडौँ २ असोज २०८१ बुधवार । व्यवस्था परिवर्तन गर्न भन्दै आन्दोलन गरिरहेका  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध साँधेर पक्राउ पुर्जी जारी गरेको बताएका छन् ।

आज साँझ आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रसाईंले बिहीवारका लागि सर्लाहीका तय गरिएको कार्यक्रमबाट डराएर सरकारले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताए । सैनिक हिरासतमा बसेर आएको मान्छे प्रहरीसँग नडराउने उनको चेतावनी थियो ।

भोलि संविधान दिवसको दिन सर्लाहीको लालबन्दीमा विशाल कार्यक्रम राखेका थियौं, १ लाख मानिस उपस्थित हुने देखेपछि मलाई पक्राउ पुर्जी जारी गरिएको छ,’ प्रसाईंले भने, केपी ओलीको कार्यकाल राणाकालभन्दा खतरा भयो । बोल्न नपाइने, यही हो लोकतन्त्र ?’ 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button