•विजय अधिकारी (संवाददाता ) प्रहार समाचार २ असोज २०८१ बुधवार । राष्ट्रिय दलित पत्रकार संघ नेपाल लमजुङ शाखाको दोस्रो जिल्ला अधिवेशन तथा साधारण सभा बाट सर्वसम्मत रूपमा दोस्रो पटक सरोज बिश्वकर्मा जिल्ला अध्यक्ष चयन भएका छन् ।

हिंजो सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ लमजुङको दोस्रो जिल्ला अधिवेशनले बिश्वकर्मालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।कार्यसमितिको उपाध्यक्षमा सिताराम बसेल,सचिवमा राजन परियार , कोषाध्यक्षमा शिला सेन्चुरी,सहसचिवमा सुवास मजाकोटी चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा क्रमशः मनोज सेन्चुरी,सुधा परियार,शिशिर गैह्रे र कृतन गौतम चयन भएका छन । दोस्रो अधिवेशनको बेसीशहर नगरपालिकाका प्रबक्ता हिरालाल बिश्वकर्माले उद्घाटन गर्दै पत्रकारीता साझा पेशा भएपनि कतिपय अवस्थामा दलितका मुद्दाहरु अगाडि ल्याउन नसकेको तितो यथार्थ रहेको बताउदै दलित तथा उत्पीडित समुदायहरुको समस्यालाई बाहिर ल्याउन दलित पत्रकार संघ अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका निबर्तमान अध्यक्ष आश गुरुङ, पूर्व अध्यक्ष कृष्ण के.सि.,दलित पत्रकार संघका केन्द्रिय प्रतिनिधि एवं पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य किसान संगीत,जिल्ला अध्यक्ष परमेश्वर अधिकारी,सुनचाँदी व्यवशाही संघ लमजुङका अध्यक्ष बमबहादुर विश्वकर्मा , बेसीशहर नगरकार्यपालिका सदस्य मनिता परियार ,मिजार समाजको केन्द्रीय सचिव बिमला हिमाली,विश्वकर्मा गूठी समाज लमजुङका अध्यक्ष बेलबहादुर सुनार,विश्वकर्मा एकता सेवा समाज लमजुङका अध्यक्ष रामबहादुर वि.क. लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण संघका सचिव श्यामसितल परियारले गरेका थिए ।


ह
क
द
क






















