प्रहार समाचार । तनहुँ २ असोज २०८१ बुधवार । तनहुँको व्यास नगरपालिका वडा नं १ , विज्ञानचौर , भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पस गण्डकी प्रदेशको एक उत्कृष्ट क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार-२०८१ बाट सम्मानित एवं पुरस्कृत भएको छ।

राष्ट्रिय शिक्षा दिवस -२०८१ को अवसरमा आज शिक्षा विकास निर्देशनालय, कास्की पोखराको आयोजनामा भएको राष्ट्रिय शिक्षा दिवस समारोहमा क्यम्पसलाई सम्मान गरिएको हो । निर्देशनालयले राष्ट्रिय शिक्षा पुरस्कारका लागि सिकारिस तथा प्रदेश शिक्षा पुरस्कार वितरण मापदण्ड २०८१ बमाजिम सामुदायिक क्यम्पस तर्क उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा क्याम्पसलाई सम्मान एवं पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु थापा र मन्त्रालयका सचिव प्रकाश पौडेल र शिक्षा विकाश निर्देशक अम्विका आचार्यले क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई सम्मान पत्र, नगद पुरस्कार र दोसल्लाद्वार सम्मान गरेका हुन् ।

सो अवसरमा मन्त्रालयबाट गण्डकी प्रदेशमा सञ्चालन भइरहेको उच्च शैक्षिक संस्थाहरु मध्ये गुप्तेश्वर बहुमुखी क्याम्पस कास्की, द्रव्य शाह बहुमुखी क्याम्पस गोरखा , मध्यविन्दु बहुमुखी क्याम्पस पूर्वी नवलपुर र जनप्रिय बहुमुखी क्याम्पस कास्कीलाई पनि सम्मानित एवं पुरस्कृत गरिएको थियो ।























