हेडलाईनसमाचारदेवघाटगण्डकी

तनहुँको देवघाट गाउँपालिकामा बाँदरको आतंक : बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन

प्रहार समाचार । तनहुँ २ असोज २०८१ बुधवार । तनहुँको देवघाट गाउँपालिकामा बाँदरले आतंक मच्चाएपछि बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरिएको छ।

तस्विर : प्रहार अनलाईन मिडिया

देवघाट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष पूर्णबहादुर कुँवरको संयोजकत्वमा सडक डिभिजन कार्यालय देवघाटका प्रतिनिधि  कृष्णप्रसाद  भट्टराई, देवघाट क्षेत्र विकास समितिका दिनानाथ न्यौपाने सदस्य रहने गरी समिति गठन गरिएको हो।
समितिको सदस्यहरूमा गलेश्वर आश्रम देवघाटका प्रतिनिधि , हरिहर सन्यास आश्रम देवघाटका प्रतिनिधि , महेश सन्यास आश्रम देवघाटका प्रतिनिधिका साथै सदस्यहरूमा इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख सदस्य , मणिमुकुन्देश्वरी टोल विकास संस्थाका प्रतिनिधि सदस्य र पशु शाखा कार्यालय देवघाटका प्रमुख सदस्य सचिव रहने गरी समिति गठन गरिएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताए ।

तस्विर : प्रहार अनलाईन मिडिया

देवघाट गाउँपालिकाको खासगरी वडा नम्बर ५ का बासिन्दाहरूबाट बाँदरद्वारा पीडित भएको भन्ने गुनासो  आएपछि कार्यपालिकाको बैठकले बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरी  ३०दिनभित्र प्रतिवेदन तयार पारी सुझावसहितको प्रतिवेद पेश गर्न भनिएको छ । समितिलाई अध्ययन अनुसार सम्बन्धित सरोकारवाला र विषय विज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्ने अधिकार समेत प्रदान गरिएको छ।

यस्तो छ पत्र :



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button