हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

सन्दर्भ २२ औं विज्ञान दिवस : हाजिरीजवाफ प्रतियोगितामा सत्यवती मा वि  प्रथम

प्रहार समाचार । तनहुँ २९ भदौ २०८१ शनिवार । २२औं विज्ञान दिवस २०८१  को सन्दर्भ पारेर  विज्ञान शिक्षक समाज नेपाल व्यास नगरको आयोजनामा दमौली स्थित आदिकवि भानुक्त क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता आज सम्पन्न भएको छ। 
प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटनगर्दै विज्ञान शिक्षकको माग धेरै भएकोले विज्ञान विषय अध्ययन गर्नेको भविश्य राम्रो भएको बताए ।


 

कार्यक्रममा व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख केदार आचार्य  , आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका प्रमुख महाप्रसाद हड्खले , विज्ञान शिक्षक समाज नेपाल तनहुँका अध्यक्ष देवराज अधिकारी लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

१७ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा दमौली स्थित सत्यववी मा वि प्रथम, जनजुक्त शाही मावि, सांगे (नेपालटार) द्वितीय  र वाराही मावि, फराकचौर तृतीय भएका थिए । प्रतियोगितामा प्रथम हुन सफल सत्यवती माविको  टिमले असोज १ गते हुने जिल्ला स्तरिय अन्तर पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा व्यास नगरको प्रतिनिधित्व गर्ने छ ।

कार्यक्रम  समाजका व्यास नगर अध्यक्ष सुनिल पौडेलको सभापतित्वमा सम्पन्न   कार्यक्रमा स्वागत उपाध्यक्ष आशा खड्का र कार्यक्रमको सहजिकरण सचिव श्रीकृष्ण लामिछानेले गरेका थिए ।

कार्यक्रममा  क्विज मास्टरहरूमा सुनिल पौडेल, रूपक श्रेष्ठ र राजीव श्रेष्ठ रहेका थिए भने  कार्यक्रम व्यास नगरपालिका , ड्रिमल्याण्ड पब्लिकेसन काठमाडौं र ग्रिन पब्लिकेसन ललितपुरको सहयोगमा सम्पन्न भएको बताईएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button