व्यासहेडलाईनसमाचारगण्डकीमनोरञ्जन

सन्दर्भ ६० औं राष्ट्रिय बाल दिवस : अकला सामुदायिक सिकाइ केन्द्रले गऱ्यो वडा स्तरिय बाल नृत्य प्रतियाेगिता

प्रहार समाचार । तनहुँ २९ भदौ २०८१ शनिवार । ६० औं राष्ट्रिय बाल दिवसका अवसरमा व्यास-१ मा रहेकाे अकला सामुदायिक सिकाइ केन्द्रले वडा स्तरिय बाल नृत्य प्रतियाेगिता सम्पन्न गरेकाे छ ।


 

कार्यक्रमकाे उद्घाटन गर्दै व्यास नगरपालिकाकी उप प्रमुख ईन्दिरा दरैले सिकाइ केन्द्रले बेलाबेलामा सकुदायस्तरमा उपलब्धिमुलक र सह्रानिय कार्य गर्दै आएकाेले यस्ता प्रतियाेगिताबाट बालबालिकामा रहेकाे अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने बताइन् । व्यास १ का वडाअध्यक्ष रमेशचन्द्र हड्खलेले बालबालिका  अथाह सम्भावना र प्रतिभाका धनि भएकाले वडा स्तरबाट उत्कृष्ट बालवालिका पहिचानमा याता  कार्यक्रम सहायक सिद्ध हुने बताए ।

कार्यक्रमकाे उदेश्य बारेमा चर्चा गर्दै  केन्द्रका कानुनि सदस्य डम्बरदेव हडखलेले सबैमा स्वागत गरेका थिए । २०  बाल क्लबको सहभागिता रहेको प्रतियोगितामा सिवालय बाल क्लब प्रथम, ठुलाे गाउँ बाल क्लब द्धितीय , सिर्जनशिल बालक्लब तृतिय र हाईस्कुलटार बालक्लब तथा जनचेतना नव बालक्लब सान्त्वना भएका थिए ।

प्रतियोगितामा प्रथम , द्वितीय र तृतिय र सान्त्वना हुने समूहलाई क्रमश : पाँच , तीन , दुई र एक / एक हजार नगद पुरस्कार  र प्रमाण पत्र प्रदान गरिएको थियो । केन्द्रका कार्यवाहक अध्यक्ष पुर्णबहादुर दरैकाे सभापतित्वमा समपन्न उक्त कार्यक्रममा सर्जन थापा मगर,साेनु मल्ल ठकुरी र श्रीराम गन्धर्वले निर्णायकको निर्वाह गरेका थिए ।


उक्त केन्द्रले हालसम्म साक्षरता कार्यक्रम,च्याउ खेति तालिम,झिलिङ्गा बनाउने,अचार बनाउने,चुरा पाेते बनाउने,झाडु कुचाे बनाउने तालिम दिनुका साथै नेतृत्व विकास तालिम समेत सम्पन्न गरिसकेकाे बताइएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button