हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

सन्दर्भ ६० औं बालदिवस :  बालमन्दिर मावि व्यास २ तनहुँ दमौलीद्वारा पुरस्कार वितरण एवं विविध सांस्कृतिक कार्यक्रम

प्रहार समाचार ।  २९ भदौ २०८१ शनिबार ।
‘बालबालिका माथिको लगानी  : सुनिश्चित  भविष्यको थालनी ‘ भन्ने मूल नाराका साथ व्यास नगरपालिका वडा नम्बर २ मा रहेको बालमन्दिर माध्यमिक विद्यालयले ६०औ राष्ट्रिय बाल दिवस २०८१ विविध कार्यक्रमका साथ मनाएको छ।


 

विद्यालयद्वारा आज आयोजित पुरस्कार वितरण एवं विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले अझै पनि बालबालिकाले सम्पूर्ण आफ्ना हक र अधिकारहरु प्राप्त गरि नसकेको बताए ।
मेयर बैकुण्ठ न्यौपानेले १९९० मा सेप्टेम्बर १४ मा बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले हस्ताक्षर गरेको चर्चा गर्दै सोहि अनुरूप बालबालिकाको हक र अधिकारहरुको सुनिश्चितताका लागि व्यास नगापालिका कटिबद्ध रहेको बताए ।

कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ,बाल संगठन तनहुँको अध्यक्ष मदन तिमल्सिना  , व्यास नगरपालिकाका शिक्षा प्रमुख केदार आचार्य , सत्यवती माविका प्रधानाध्यापक पुष्पकला भट्टराई , विकास तथा शिक्षा समन्वय इकाई शाखा तनहुँका अधिकृत विश्व रेग्मी लगायतले बालअधिकारको हक र संरक्षणका लागि सम्पूर्ण नागरिकहरू एक भएर लाग्नुपर्नेमा जोड दिए।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक अभिभावक अभिभावक संघका अध्यक्ष कृष्णहरी गैरे , प्रधानाध्यापक राजेन्द्र खनाल लगायतले मन्तव्य राखेका थिए ।


त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रही विद्यालयको उन्नति र प्रगतिको लागि विशेष योगदान पुर्‍याउने व्यास नगरपालिका वडा नम्बर २ दमौली निवासी सूर्यनाथ खनाललाई सम्मान गरिएको थियो।

सोही अवसरमा विद्यालयका शिक्षकहरू उपेन्द्र न्यौपाने र मनकुमारी खड्कालाई सम्मान तथा शिक्षकहरू सफल पण्डित , दिपु थापा , नन्दु थापा र शोभा अर्याललाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका आधारभूत तह इन्चार्ज शिक्षक नन्दु थापाले गरेका थिए । त्यस अवसरमा विभिन्न कक्षाका विद्यार्थीहरूले मनोरञ्जनात्मक गीत / सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button