प्रहार समाचार । तनहुँ २९ भदौ २०८१ शनिवार । ६० औं बालदिवसका अबसरमा नेसनल प्याब्सन तनहुँको आयोजनामा अन्तर विद्यालय हाँजिरिजवाफ प्रतियोगिता दमौलीमा शुक्रवार सम्पन्न भएको छ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभासद अशोक कुमार श्रेष्ठले उद्घाटन गर्दै याता प्रतियोगिताले विद्यार्थीहको अन्तरनिहित प्रतिभाको प्रस्फूटन हुने बताए ।
कार्यक्रममा प्याब्सन केन्द्रिय उपाध्यक्ष तिलवबहादु चौहान , केन्द्रीय सदस्य सन्त तामाङ् ,पूर्व केन्द्रीय सदस्य सहदेव अधिकारी , नेसनल प्याब्सन तनहुँका निर्वमान अध्यक्ष रामकृष्ण विक लगायतले वर्तमानका साझेदार भविष्यका कर्णधार कलिला भाईबहिनीहरु किताबी ज्ञानका अतिरिक्त समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिघटनाहरुको समेत ज्ञान लिनु पर्नेमा जोड दिए ।
अतिरिक्त क्रियाकलाप संयोजक जयराम अधिकारीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने स्वागत उपाध्यक्ष प्रकाश खड्काले गरेका थिए ।
जिल्लाका २३ विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगिता व्यास ५ मा रहेको तनहुँ तारापुञ्ज बोडिङ स्कूल प्रथम , व्यास १० मा रहेको न्यू मनास्लु एकेडेमी द्वितीय र व्यास १ भादगाउँमा रहेको लड बुद्ध एकेडी तृतीय भएका थिए । विजयी प्रथम , द्वितीय र तृतिय हुने विद्यालयका तिमलाई क्रमश नगद १० हजार र प्रमाणपत्र , ७ हजार ५ सय नगद र प्रमाण पत्र तथा ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट १० औं स्थानमा पर्ने टिमलाई १ हजार प्रमाणपत्र प्रदान गरिएको थियो उपाध्यक्ष विश्वस केसीले बताए ।
तनहुँ प्याब्सनका जिल्ला अध्यक्ष विश्वेश्वर खनालको सभापतित्वमा सम्पन्न उक्त हाँजिरिजवाफ प्रतियोगिता कार्यक्रमको सहजिकरण सचिव ऋषिकेश क्षेत्रीले गरेका थिए ।
























