हेडलाईनव्याससमाचारगण्डकी

‘सिद्धार्थ होटल दमौली ‘ द्वारा तनहुँको दमौलीमा रहेको कालीका जंगल पार्क सरसफाई

प्रहार समाचार । तनहुँ २९ भदौ २०८१ शनिवार ।  तनहुँको सदरमुकाम दमौलीमा २७ गते बिहिवारबाट औपचारिक रूपमा  सञ्चालनमा आएको तीन तारे स्तरको ‘ सिद्धार्थ होटल दमौली ‘ द्वारा आज व्यास नगरपालिका वडा नं ४ मा रहेको ऐतिहासिक महत्वको तनहुँ सहिद कालिका जंगल पार्कको सरसफाई गरेको छ ।


 

होटलले आफ्नो सामाजिक उत्तरदायित्व  अन्तरगत उक्त  ऐतिहासिक तथा  धार्मिक महत्वको पार्कको सरसफाई गरेको होटलले जनाएको छ ।

सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा दपौलीमानै सबै भन्दा ठूलो र अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले उक्त होटल सञ्चालनमा आएको छ।


सिद्धार्थ हस्पिटालिटी अन्तर्गत पाँच तारे स्तरमा सिद्दार्थ भिलासा , चार तारे स्तरमा सिद्दार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्रण्डका होटल सञ्चालनमा रहेको र दमौलीमा सञ्चालीत सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डको  होटल रहेको एपेक्स हस्पिटालिटी लिमिटेडका कार्यकारी प्रमुख सुशिल न्यौपानेले बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button