प्रहार समाचार । काठमाडौँ २९ भदौ २०८१ शनिवार । मनसुनी वायुको प्रभाव कायमै रहेको कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तीन दिन देखि निरन्तर वर्षा भईरहेको छ। आज बागमतीसहित पूर्वी नेपालका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसै गरि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यता कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा आज राति मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
संगै भारतको मध्य उत्तरप्रदेशको आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले आज निकालेको बुलेटिनमा उल्लेख छ ।






















