प्रहार समाचार । तनहुँ श भदौ २०८१ शुक्रवार । तनहुको व्यास नगरपालिका वडा नम्बर ७ मा रहेको क्यामिन माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

विद्यालय व्यवस्थापन समितिले सहायक प्रधानाध्यापक रुपा घिमिरेलाई विना कारण शिक्षक स्टाफहरू तथा विद्यार्थी प्रतिनिधिहरु कसैलाई पनि थाहै नदिई एकाएक हटाएपछि विद्यार्थीहरुले आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
समितिले कार्यरत सहायक प्रधानाध्यापक घिमिरेलाई हटाएर शिक्षक प्रतिनिधि समेत रहेका दयाराज कटेललाई सहायक प्रधानध्यापकमा नियुक्त गरेको थियो।

हाम्रो उद्देश्य सहायक प्रधानाध्यापक रूपा घिमिरेलाई हटाउने होइन समितिले यस्तै निर्णय गर्यो विद्यालयका प्रधानाध्यापक सूर्यमणि पौडेलले प्रहार समाचारलाई बताए ।
विद्यार्थीहरूको आन्दोलनमा स्थानीय अभिभावक तथा शिक्षकहरूको समेत सहभागिता रहेको छ।

आफूले विद्यालयमा निरन्तर विगत तीन वर्ष अगाडिदेखि सहायक प्रधानध्यापकको जिम्मेवारपूर्ण भूमिकामा रहेर समग्र विद्यालयको हितमा काम गरेता पनि अहिले पछिल्लो समयमा आएर समितिको आफूलाई आँखाको कसिङ्गर बनाएर बिना कारण हटाइएको शिक्षिका घिमिरेले बताइन्।

विद्यार्थीहरू आन्दोलित भएपछि विद्यालयको पठनपाठन समेत ठप्प हुन पुगेको छ। सहायक प्रधानाध्यापक रूपा घिमिरेको आत्मसम्मानमा ठेस लागेको भन्दै समितिले यो निर्णय नसचाएसम्म आन्दोलन जारी रहने विद्यार्थीहरूले बताएका छन्। विद्यार्थीहरुले ‘असक्षम विद्यालय व्यवस्थापन समिति राजीनामा दे ‘, सहायक प्रहको आत्मा सम्मानमा ठेस पुर्याउन पाइँदैन , ‘समितिको निर्णय तत्काल खारेज गर ‘ लगायतका नारा लगाएका थिए ।

























