हेडलाईनसमाचारदेवघाटगण्डकी

देवघाटधाममा प्राज्ञिक  विद्यार्थी परिषद्को संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलन

प्रहार समाचार । तनहुँ २६ भदौ २०८१ बुधवार । तनहुँको देवघाट गाउँ पालिका वडा नं ५ देवघाटधाममा  संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलनको हिंजोबाट सुरु भएको छ।

 

संस्कृत शिक्षाको राजधानी भनेर चिनिने तनहुँकाे देवघाट धाममा प्राज्ञिक  विद्यार्थी परिषद् नेपालले  आफ्नो संस्कृत आयामकाेे दाेश्राे राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन सुरु गरेको हाे ।

सन्त समाज नेपालका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले उक्त सम्मेलनकाे उद्घाटन गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले देशभर सकारात्मक काम गर्दै आएको चर्चा गर्दै परोपकारी भावना सबै जन जनमा हुनुपर्ने बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विशिष्ट संस्कृत वाङ्मयका मूर्धन्य विद्वान् १००८ स्वामी जगन्नाथ आचार्य, परमानन्द संस्कृत गुरूकुलम्का प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीजी महाराज,  पत्रकार चन्द्र किसोर, हनुमानी देवी नथमल वैद्य सेवा समितिका उपाध्यक्ष आसाेक कुमार वैद्य,विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा.गोपीनाथ कण्डेल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, गण्डकी प्रदेश संगठन सचिव नारायण तिमिल्सिना लगायत् देशभरबाट १४ ओटा गुरूकुल/ विद्यापीठमा शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा नेपाल संस्कृत विश्वविद्यालय शास्त्रीतह २०७९ मा प्रथम परमानन्द संस्कृत गुरूकलका छात्र ओमप्रकाश भट्टराई, द्वितीय वाल्मिकी विद्यापीठका छात्र अतुल पौडेल, तृतीय वाल्मिकी विद्यापीठका छात्र प्रज्वल खनाललाई क्रमश: ५० हजार, ३० हजार र २० नगद राशी र प्रशंसा पत्र सहित हनुमानी देवी नथमल वैद्य सृर्जन पुरस्कार प्रदान गरेको छ ।

विद्यार्थी परिषद्ले गत वर्षदेखि सुरु गरेको संस्कृत विद्यार्थी सम्मेलनमा उत्कृष्ट तीन विद्यार्थीलाई हनुमानी देवी नथमल वैघ सृर्जन पुरस्कार पनि प्रदान गर्दै आइरहेको सेवा समितिका उपाध्यक्ष आसाेक कुमार वैद्यले बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button