आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँको आँबुखैरेनी स्थित  खहरे खोलामा बस दुर्घटना ११ घाइते  : नामावली सहित

•विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार तनहुँ २६ भदौ २०८१ बुधवार । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ३ जोडने खहरे खोलामा ग १ ख ९४०२ नम्बरको यात्रु बाहक बस दुर्घटना भएको छ । पुर्वबाट पश्चिम् तर्फ आउदै गरेको बस दुर्घटना हुँदा बसमा यात्रारत ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा बस चालक व्यास नगरपालिका वडा नम्बर १ बस्ने ३९ वर्षीय केशव अजिङ्गर ,  भानु नगरपालिका वडा नम्बर २ बस्ने ६८ वर्षीय यदुबहादुर कुँवर , बन्दीपुर गाउँपालिका अजित थापा , व्यास  नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय कल्पना नेपाली  ,गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ८ बस्ने ६५ वर्षीय मनराज परियार , भानु नपा ९ बस्ने ४७ वर्षीय मानबहादुर गन्धर्व ,  घिरिङ गाउँपालिका ५ बस्ने ३० वर्षीय बसन्ती थापा  ,नौ वर्षीय स्वता थापा , गोरखा नगरपालिका १४ बस्ने ६४ वर्षीय माया थापा  ,गोर्खा पालुङटार ५ बस्ने ६८ वर्षीय जौमाया कुमाल , पाङ्टार नगरपालिका नं ८ बस्ने २४ वर्षीय सुवास नेपाली , ३९ वर्षीया सुमन खाती र ३८ वर्षीय मिलनखाती रहेको प्रहरीले जनाएको छ ।


 घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको  छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button