हेडलाईनसमाचारप्रदेश

कलाकार सूर्यमान शंकर (ईकु) पक्राउ

समाचार । काठमाडौं २६ भदौ २०८५ बुधवार । कलाकार भिसामा युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सूर्यमान शंकर (ईकु)लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ३ हात्तिगौडाबाट बुधबार पक्राउ गरेको हो ।

उनले क्यानडा, अष्ट्रेलियालगायत युरोपियन मुलुकमा कलाकारको भिसामा पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार शंकरले सञ्चालन गरेको एसएमएस फिल्स प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएर विदेश नपठाएको आरोप छ ।​

पीडितहरूले पटकपटक आग्रह गर्दा पैसा फिर्ता नदिएको र तयारी भएपछि विदेश पठाइदिन्छु भन्दै झुलाएपछि यो घटना सीआईबीसम्म पुगेको हो । धुम्बाराहीमा बस्दै आएका शंकरले दुर्गम जिल्लाका केही सर्वसाधारणलाई यूरोप पठाइदिने लोभ देखाएर पैसा असुलेको उजुरी परेपछि थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।  – लोकान्तर बाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button