हेडलाईनव्याससमाचारगण्डकी

नुहाउन भनि तनहुँको मादि नदीमा गएका बालक दुई दिनदेखि बेपत्ता

प्रहार समाचार । तनहुँ २६ भदौ २०८१ बुधवार ।  तनहुँको सदरमुकाम दमौली नजिकै रहेको मादी नदीमा  नुहाउन भनि गएका व्यास ३ देउराली नगरका एक बालक दुई दिन देखि बेपत्ता भएका छन्। तस्विर : फाइल फोटो

बेपत्ता हुनेमा व्यास नगरपालिका वडा नं – ३ देउराली नगर निवासी १५ बर्षीय रोनाल्ड थापा रहेका छन् । साथी संङ्ग नुहाउन भनि अस्ति सोमवार नदीमा गएको र नुहाउने क्रममा नदीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ।


थापा व्यास नगरपालिका–४ मा रहेको  कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यायन गर्ने विद्यार्थी थिए । घरबाट विद्यालय जान्छु भनि निस्कि पनि विद्यालय नगई साथीभाईहरुको लहलहैमा लागेर  नदीमा नुहाउन गएको खुल्न आएको छ ।   साँझ अबेरसम् पनि  घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए ।

प्रहरीमा जानकारी पाएलगत्तै खोजतलासका लागि घट्नास्थलमा प्रहरी परिचालन गरिएको थियो । हिंजो  पनि खोजी कार्यलाई निरन्तरता दिएपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गर्न ती बालकसंगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button