प्रहार समाचार । तनहुँ २४ भदौ २०८१ सोमवार । आज जननायक वि.पी.कोइरालाको १११ औं जयन्ति विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ।

यसै बिच वि.पी.जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ तनहुँले शुक्ला गण्डकी नगरपालिका वडा नं ५ मा रहेको जि. पी . कोइराला श्वास प्रश्वास केन्द्रमा रहेका बिरामीहरुलाई आज फालफुल बितरण गरेको छ।

नेपाल विद्यार्थी संघ तनहुँका कार्यवाहक सभापति आशिष कैनीले मानविय धर्मका खातिर वि.पी. जयन्तिमा फलफूलल बितरण गरिएको प्रहार समाचारलाई बताए ।

यसै बिच नेपाली कांग्रेस तनहुँले आज यसै उपलक्षमा वि.पी. भवनमा वि.पी.कोइरालाले २०३६ सालमा तनहुँको सदरमुकाम दमौलीमा गरेको भाषण समेत समेटिएको बुलेटिन विमोचन तथा सम्मान कार्यक्रमको आयोजना गरिरहेको छ ।

























