हेडलाईनसमाचारप्रदेश

खोलाले मोटरसाइकल बगाउँदा  दुईजनाको मृत्यु

प्रहार समाचार । रुकुम २४ भदौ २०८१ सोमवार । गए राती खोलाले मोटरसाइकल बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले  रा ६ प २९६१ नम्बरको मोटरसाइकल बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम  पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको हो।

घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button