प्रहार समाचार । काठमाडौं २४ भदौ २०८१ सोमवार । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
























