प्रहार समाचार । काठमाडौं २३ भदौ २०८१ आइतवार । नेपाली कांग्रेसले पारा ओलम्पिकमा पदक जित्ने खेलाडी पलेशा गोवर्धनलाई नगद ५ लाख सहित सम्मान पत्रद्वारा सम्मान गरेको छ ।

पेरिसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोमा ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा नगद ५ सहित सम्मान पत्रद्वारा आज सम्मान गरेका हुन्।
कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामालाई कांग्रेसले १ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
नेपालले ओलम्पिक खेलकुदमा पहिलोपटक पदक जितेको हो ।पलेशालाई सरकारले ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिसकेको छ ।
























