हेडलाईनव्याससमाचारगण्डकी

राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ जिल्लाको अध्यक्षमा  बिके

प्रहार समाचार । तनहुँ २३ भदौ २०८१ आइतवार । राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको  अध्यक्षमा पुर्ण बिके सर्व सम्मत चयन भएका छन् ।

आज तनहुँको सदरमुकाम दमौलीमा रहेको नेपाल पत्रकार महासंघको भवन मिडिया भिलेजमा भएको शाखाको दोस्रो जिल्ला अधिवेशन तथा साधारण सभाले बिकेलाई  अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। बि के   क्यासमिरी  साप्ताहिक पत्रिकाका सम्पादक तथा नेपाल टेलिभिजन तनहुँका सम्वाददाता समेत हुन्।


संघको उपाध्यक्षमा अशोक बिश्वकर्मा, सचिवमा शर्मिला बिक, कोषाध्यक्ष अन्जान परियार, सहसचिव सुरेश सेन्चुरी चयन भएका छन्। यसै गरी  सदस्यहरुमा  देव गजमेर, अमृत परियार, रितिका सुनार र सपना सेन्चुरी चयन भएका छन्। अधिवेशनले  केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष  एस.बि नेपाली र गण्डकी  प्रदेशमा शालिकराम सुनार चयन गरेको बताइएको छ। 
यस अघि अधिवेशनको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुन्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button