हेडलाईनसमाचारप्रदेश

वर्तमान सरकार , न्यायलय  र न्यायधिश नियुक्ति प्रति मेयर बालेन शाहको कडा टिप्पणी

प्रहार समाचार । काठमाडौं २३ भदौ २०८१ आइतवार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले वर्तमान सरकार , न्यायालय र न्यायाधीश नियुक्तिप्रति कडा  टिप्पणी गरेका छन्।

मेयर बालेनले प्रश्न गरेका छन्   – आफै बोक्सी -आफै झाँक्री’  , कानुन  बनाउने कसले हो ?, सरकारको नेतृत्व कसले गरेको हो ?,अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद  को छ ? ‘

मेयर बालेन शाहले आज  सामाजिक संञ्जाल आफ्नो फेसबुक पेजमा पोष्ट गरेको बिचार जस्ताको तस्तै यस्तो रहेको छ : ‘आफै बोक्सी -आफै झाँक्री’  , कानुन  बनाउने कसले हो ?, सरकारको नेतृत्व कसले गरेको हो ?,अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद  को छ ? ‘ जस्ता  गम्भिर प्रश्न मेयर बालेनले सामाजिक संञ्जाल आफ्नो फेसबुक पेज मार्फत गरेका छन्। उनले अगाडी लेखेका छन् ‘ आफै बोक्सी , आफै धामी  ।
१) कानुन बनाउने कसले हो ?
२) सरकारको नेतृत्व कसले गरेको हो ?
३) अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद  को छ ?

खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै।  अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।

तपाईंहरु न्याय खोज्नु हुन्छ भने काठमाडौ महानगरलाई गाली गरेर तपाइले न्याय पाउनु हुन्न । तपाइकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला ।

अन्त्यमा ,

तपाइँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले ,५० बर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाइँलाइ दिन नि सक्दैन भत्काउन नि सक्दैन  । तपाइँको लागि हामी छ्दै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस  नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सुचना जारी गरि हाल्नेछौ त्यतिनजेल कोहि नठ्गियोस भन्ने चाहना मात्र हो हाम्रो । मेयर बालेनले लेखेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button