हेडलाईनसमाचारगण्डकी

मन्त्री  गुरुङद्वारा  रेडक्रस भवन लमजुङको शिलान्यास

• विजय अधिकारी  । ( संवाददाता ) । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले नेपाल रेडक्रस जिल्ला शाखा लमजुङको नव निर्मित भवनको आज शुक्रबार एक कार्यक्रमका बिच  शिलान्यास गरे।


त्यस अबसरमा बोल्दै मन्त्री गुरुङले  रेडक्रस विशुद्ध मानवीय सेवा र विपद प्रतिकार्यमा अन्तर्राष्ट्रिय स्वयं सेवि सस्थाको रूपमा अगाडि रहेकोले नव निर्मित भवन प्रभावकारी , गुणस्तरीय रूपमा निर्माण गर्न आग्रह गरे । मन्त्री गुरुङले भवन निर्माणमा आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउने प्रतिवद्धता पनि  व्यक्त गरे।

रेडक्रस शाखा लमजुङका सभापति ऋषिराम घिमिरेले रेडक्रस लमजुङको वर्तमान अवस्थाको बारेमा जानकारी दिदै  लमजुङ जिल्लामा विपद व्यवस्थापन,रक्तदान,प्राथमिक उपचार , एम्बुलेन्स, सेवा सहित विपन्न नागरिकहरुको बीचमा  समावेशी उत्थानशिल साथै सशक्तीकरण  सम्बन्धि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । 

त्यसैगरी रेडक्रस लमजुङ शाखाका कार्यक्रम अधिकृत गणेश गौलीले रेडक्रस जिल्ला शाखा लमजुङले लमजुङ सदरमुकाम बेसीशहर – ८, दनाइ फाटमा  रहेको आफ्नो ५ आना जग्गामा भवन निर्माण गरिन लागेको जानकारी दिदै दुई  करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको ४ तले भवन निर्माणका लागि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आइ.एफ.आर.सी.लगाएत,संघ सरकार ,प्रदेश सरकार , र रेडक्रसका जेष्ठ सदस्यहरु,आजिवन सदस्यहरुको सहयोग रहने बताए ।


 शिलान्यास कार्यक्रममा रेडक्रस लमजुङका निवर्तमान सभापति दिपकराज बराल , पुर्व सभापति एवं गण्डकी प्रदेश कोषाध्यक्ष नारायणप्रसाद घिमिरे , उपसभापति कृष्णप्रसाद घिमिरे , कोषाध्यक्ष भिमबहादुर अधिकारी , उपमन्त्री दिपकराज न्यौपाने ,  पुर्व मन्त्री सुशीलचन्द्र अधिकारी , लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नारायणबहादुर सुयल , रेडक्रसका शाखा विकास अधिकृत श्रीकान्त घिमिरे लगायत रेडक्रसकर्मीहरु र कर्मचारीहरुको उपस्थित रहेको थियो ।


२०२६ सालमा तदर्थ समिति गठन गरी सुरु भएको रेडक्रस लमजुङले अहिले ५४ वसन्त पार गरेको छ भने यसको शाखा अहिले बेसीशहर – ८, हस्पिटल लाईन स्थित कार्यालय बाट सेवा प्रदान गर्दै आइरहेको सभापति घिमिरेले प्रहार समाचारलाई बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button