हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

व्यास नगर स्तरीय तीज गीत प्रतियोगित सम्पन्न

प्रहार समाचार । तनहुँ २१ भदौ २०८१ शुक्रवार । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा तनहुँको दमौलीमा व्यास नगरस्तरीय खुला तीज गीत प्रतियोगिता २०८१ सम्पन्न भएको छ।


व्यास नगरपालिकाद्वारा आयोजित नगरस्तरीय तीज गीत प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो।
महिला आमा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको उक्त प्रतियोगितामा १३ टिमलाई पछाडि पार्दै ब्यास नगरपालिका वडा नं १ मा रहेको दीपज्योति आमा समूह प्रथम हुन सफल भयो।
प्रतियोगितामा व्यास नगरपालिका वडा नम्बर १३ मा रहेको पोखरी भन्ज्याङ महिला विकास सहकारी संस्थाको टिम द्वितीय तथा व्यास नगरपालिका वडा नम्बर १० मा रहेको दुम्सी नमुना ग्राम समूह तृतीय हुन सफल भएका छन् ।


त्यसैगरी साना किसान आमा समूह ब्यास नगरपालिका वडा नम्बर १४ र मिलनामा समूह व्यास नगरपालिका नम्बर ६ सान्तना भए ।


‘हाम्रो  संस्कृति हाम्रो मान्यता , राष्ट्र निर्माणमा महिला सहभागिता ‘ भन्ने विषयमा केन्द्रित रहेर उक्त नगरस्तरीय खुला तीज प्रतियोगिता भएको थियो। प्रतियोगितामा प्रथम हुन सफल टिमले नगद ३५ हजार सहित प्रमाणपत्र , द्वितीय हुने टिमलाई नगद २५ हजार र प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद २० हजार र प्रमाणपत्र तथा सान्वना हुने दुई टिमलाई १०/१० हजार  र प्रमाणपत्र प्रदान गरिएको थियो। 


विजयी टिमलाई गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ , जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए। त्यस अवसरमा लायन्स क्लव  दमौलीले निशुल्क खानेपानी बितरण गरेको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button