प्रहार समाचार । , २१ भदौ २०८१ शुक्रवार । । सर्वसाधरण नागरिकले पहेलो धातु सुन किन्न नसक्ने भएका छन्। किनकी सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रवार १ एक ५३ हजार ३ सय निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । बिहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

























