प्रहार समाचार । तनहुँ २१ भदौ २०८१ शुक्रवार । तनहुँको व्यास नगरपालिका-१२ स्थित घाँसीकुवामा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सुचारू भएको छ।
तस्विर : फाईल फोटो

गए रातीदेखि परेको अविरल वर्षा काकारण शुक्रबार बिहान ४ बजे खसेको पहिरो चार घण्टा लगाएर हटाएपछि एकताडी रूपमा यातायातका साधनदान सुचारू गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए।
पृथ्वीराजमार्ग विस्तार गर्ने क्रममा भित्ता खर्र्दा धेरै ठाउँमा पहिरो गएको छ। पानी परिरहेकाले परेकोले गर्दा त्यो क्षेत्रमा पहिरो खस्ने जोखिम उत्तिकै रहेकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ। पनि उत्तिकै भएकाले राजमार्ग सूचारु गर्न कठिन भएको छ । पहिरो मुग्लिन– पोखरा सडक विस्तार आयोजनाको डोजर प्रयोग गरेर पन्छाईएको प्रहरीले जनाएको छ।
























