प्रहार समाचार । तनहुँ २१ भदौ २०८१ शुक्रवार । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्ग अबरोध भएको छ ।
गए रातीदेखि परेको अविरल वर्षा काकारण ग शुक्रबार बिहान ४ बजे खसेको पहिरोले पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्डको दुवै तर्फ यातयात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए ।

ठुलो पहिरो खसेको र पानी परिरहेकोले पहिरो पन्छाउन कठिन भएको उनले जानकारी दिए । पानी परेकोले गर्दा त्यो क्षेत्रमा पहिरो खस्ने जोखिम पनि उत्तिकै भएकाले राजमार्ग सूचारु गर्न कठिन भएको छ ।

अहिले मुग्लिन– पोखरा सडक विस्तार आयोजनाको डोजर प्रयोग गरेर पहिरो पन्छाएर सूचारु गर्ने प्रयाश भईरहेको प्रहरीको भनाई छ। राजमार्ग अबरोध भएपछि बैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । राजमार्ग अबरोध हुँदा यात्रु विचल्लिमा परेका छन् भने पोखरा बाट आउने यातायतका साधनहरुलाई रोकिएको छ भने डुम्रे तिरबाट आउने साधनहरुलाई पनि रोकिएको प्रहरीले जनाएको छ।
























