हेडलाईनसमाचारगण्डकीऋषिङ

तनहुँ जलविद्युत आयोजनाको एक कामदारको खसेर मृत्यु

प्रहार समाचार । तनहुँ १८ भदौ २०८१ मङ्गलवार । तनहुँ जलविद्युत आयोजनामा काम गर्ने एक मजदुरको  काम गर्ने क्रममा खसेर मृत्यु भएको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटार स्थित  निर्माणधित तनहुँ जलविद्युत आयोजनामा कार्यरत ती  मजदुरको अचानक  प्लाइले लागेको थियो । प्लाइले लागेर २० मिटर तल खस्न पुग्दा घाईते भएका बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–१ का वर्ष ३८  का रामकुमार थारुको मृत्यु भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

खसेर सख्त घाईते भएपछि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको भण्डारीले जानकारी दिए ।
  घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button