हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास – १० बाट  चार जुवाडे पक्राउ

प्रहार समाचार । तनहुँ १८ भदौ २०१ मङ्गलवार । तनहुँको व्यास १० बाट जुवा  खेलिरहेको अवस्थामा चार जुवाडेहरुलाई  पक्राउ गरेको छ । व्यास नगरपालिका– १० अधेरीभञ्ज्याङका मनभुजा कुमालको घरमा जुवा (तास) खेलिरहेको अबस्थामा आज दिउँसो उनिहरुलाई पक्राउ गरिएको हो ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरकोठा खानतलासी लिदा  ५९ वर्षीय  टेक बहादुर बराम,  ३८  वर्षीय  मंगल बहादुर गुरुङ,  ४९ वर्षीय  बिर बहादुर बराम र ४२  वर्षीय मनभुजा कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जुवाडेको खालबाट ८० पत्ती तास र ३३ हजार पाँच सय दश रुपियाँ नगद सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनिहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप भई अनुसन्धान कार्य भई भइरहेको  प्रनाउ रायले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button