प्रहार समाचार । तनहुँ १८ भदौ २०८१ मङ्गलवार । ‘सिन्दुरको मूल्य’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक शिशिर योगीको श्वरमा रहेको उक्त गीतमा सागर उदासको शब्द तथा हरि लम्सालको संगीत रहेको छ ।

तनहुँका विभन्नि स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियोको निर्देशन सागर गिरी र छायांकन सुसान पन्थले गरेका हुन्। म्युजिक भिडियोमा सुदिप पौडेल, महेश वाग्ले र प्रिया सिमल थापाको अभिनय रहेको छ ।
सागर उदासको प्रस्तुति रहेको म्युजिक भिडियोमा प्रिती श्रेष्ठले श्रृङ्गार , मिडिया पार्टनरमा खबरवृष्टि डटकम र मध्यनेपाल अनलाइन रहेका छन् । Mahesh Wagle युट्युब च्यानल मार्फत रिलिज भएको यस गीतलाई दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको गीतकार तथा प्रस्तुतकर्ता सागर उदासले बताए

























