व्यासहेडलाईनसमाचारगण्डकी

विद्यार्थी परिषद् नेपाल व्यासनगर एकाईद्धारा एकदिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन्न 

प्रहार समाचार । तनहुँ १८ भदौ २०८१ मङ्गलवार । विद्यार्थी परिषद् नेपाल व्यास नगर एकाई विद्यार्थी परिषद् नेपाल व्यासनगर एकाईको एकदिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन्न भएको छ।

नगर इकाईले आगामी  एक वर्ष भित्र वार्षिक रुपमा के कस्ता  कार्यक्रम सञ्चालन गर्ने भन्नका लागि नगरस्तरीय समिति गठन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बालमन्दिर मा वि का प्रधानाध्यापक राजेन्द्र खनाल, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेश संगठन सचिव  नारायण तिमल्सिना , गण्डकी प्रदेश सहसचिव अनुप तिवारी , गण्डकी प्रदेश व्यवस्थापक प्रमुख भाग्यशाली ढुङ्गाना ,  शैक्षिक एवं धार्मिक व्यक्तित्व प्राध्यापक नन्दन श्रेष्ठ लगायतको  उपस्थित रहेकाे बताइएको छ।

कार्यक्रममा आदिकवि भानुभक्त माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय , महर्षि संस्कृत माध्यमिक विद्यालयका  र दमौली पब्लिक विद्यालयका गरि  ३२ जना  विद्यार्थीहरुको उत्साहप्रद  सहभागीता रहेको  विद्यार्थी परिषद् नेपाल व्यास नगर एकाईले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button