हेडलाईनव्याससमाचारगण्डकी

समाजसेवी ढुंगानाद्वारा उज्यालो घर तथा गौ संरक्षणकेन्द्रलाई सहयोग

प्रहार समाचार । तनहुँ १७ भदौ २०८१ सोमवार । व्यास नगरपालिका वडा नं ४ निवासी समाजसेवी भाग्यशाली ढुंगानाले कुशे औसी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा उज्यालो घरमा रहेका अनाथ बालबालिका तथा  गौसंरक्षण केन्द्रलाई  सहयोग गरेका छन्।

ढुंगानाले स्व. बुवा टिकानिधि र स्व. माता वल्लवी माया ढुंगानाको संझनामा सामाजिक तथा शैक्षिक उत्तरदायित्व अन्तरगत व्यास नगरपालिका वडा नं १० मा सञ्चालीत उज्यालो घरका बालिकालाई नगद सहित चक्लेट  तथा व्यास १० कै दुम्सीमा रहेको गौ संरक्षण केन्द्रलाई   नुन , चोकर र नगद सहयोग गरेका हुन्। 


उज्यालो घरका अध्यक्ष सागर घिमिरे अनाथ बालबालिकाको लागि ढुंगानाको  सानो सहयोग पनि ठूलो भएको बताए । उनले भने ‘सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरेको खण्डमा अनाथ बालबालिकाको भविश्य पनि उज्यालो हुने छ ‘ ।


उता व्यास १० मा संञ्चालीत गौ संरक्षण केन्द्रका उपाध्यक्ष प्रजपति सापकोटा भाग्यशाली ढंगानालाई धन्यवाद दिंदै  समाजका मनकारी व्यक्तिहरुको दान बाट नै दुध दिने गाई , बहर तथा बाच्या बाच्छि गरी झण्डै एक सय बढिको संङ्यामा रहेका गौ माताहरुलाई संरक्षण गर्न सकिएको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button