हेडलाईनसमाचारगण्डकी

गण्डकी प्रदेशमा नेकपा एमाले सरकारमा सहभागी

प्रहार समाचार । पोखरा १७ भदौ २०८१ सोमवार । आजबाट गण्डकी प्रदेशमा नेकपा एमाले औपचारिक रुपमा सरकारमा सहभागी भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री नवलपुरका पद्या जिसी श्रेष्ठ, स्वास्थ्य मन्त्री बाग्लङका कृष्ण पाठक, उद्योग तथा पर्यटन मन्त्री पर्वतका मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री कास्कीका प्रकाश केसीलाई आज  प्रदेश प्रमुख  डिल्लिराज भट्टबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।


यस अगाडि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सम्हालेका कांग्रेसका विन्दु कुमार थापाको मन्त्रालयबाट स्वास्थ्य निकालेर सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ । आर्थिक मामिला मन्त्रीमा कांग्रेसका डा. टकराज गुरुङले सोही मन्त्रालयमा निरन्तरता पाएका छन् ।

यस अगाडि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका राजिव गुरुङले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अगाडि उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रलयकै जिम्मवेरी पाएका फडीन्द्र देवकोटाले सोही मन्त्रालयमा निरन्तरता पाएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button