प्रहार समाचार । तनहुँ १४ भदौ २०८१ शुक्रवार । पुस्तकालय दिवस २०८१ को अवसरमा लायन्स क्लब अफ तनहुँ सत्यवती तथा लियो क्लब अफ तनहुँ सत्यवतीको संयुक्त आयोजनामा व्यास नगरपालिका ५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयलाई पाठ्यपुस्तक ,शैक्षिक सामग्री एवं स्टेसनरी सामग्री एक कार्यक्रमका बीच आज हस्तान्तरण गरिएको छ।

पुस्तक तथा शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व डिस्ट्रिक्ट गवर्नर माननीय अशोक कुमार श्रेष्ठले विद्यालयसँग लायन्स क्लबको पुरानो सम्बन्ध रहेको सन्दर्भ लाई उजागर गर्दै वितरित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीले बालबालिकाहरूको जीवनमा जीवन उपयोगी सिपको विकास गर्ने तथा वितरित स्टेसनरी सामग्रीले बालबालिकाहरूको दैनिक आवश्यकता पूरा गर्दै शैक्षिक गुणस्तर कायम गर्नको लागि मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्य खिमबहादुर थापा , लायन्स डिस्ट्रिक्ट अफिसर कृष्णहरी गैरे, पिजिडि स्पाउस लायन्स राम शोभा श्रेष्ठ, लायन्स राधिका परियार, बिमला श्रेष्ठ ,लायन्स क्लब अफ तनहुँ भानुभक्तको अध्यक्ष हर्षमान श्रेष्ठ, लायन्स क्लब अफ सत्यवतका पदाधिकारी, लियो क्लब अफ तनहुँ सत्यवतीका अध्यक्ष निशा गुरुङ ,लियो क्लब अफ तनहुँका फर्स्ट भाइस प्रेसिडेन्ट रोबिन श्रेष्ठ लगायत लायन्स पदाधिकारीहरूको समेत उपस्थिति रहेको कार्यक्रम लाइन्स क्लब अफ तनहुँ सत्यवतीका अध्यक्ष पवित्र खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

























