हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौं १४ भदौ २०८१ शुक्रवार । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै  रहेको छ । गए राति बैतडी र आसपासका क्षेत्रमा ठूलो पानी परेको थियो र अहिले विहानै देखि  त्यस क्षेत्र आसपासमा पानी परिरहेको छ ।  दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । 

बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूरानुमान महाशाखाद्वारा जारि नियमित बुलेटिनमा उल्लेख  छ।  अहिले  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button