हेडलाईनसमाचारप्रदेशखेलकुद

टी–२० विश्वकप खेलेका  क्रिकेट टोलीका सदस्यहरुलाई जनहि ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरिने

प्रहार समाचार । काठमाडौं १३ भदौ २०८१ बिहीवार । टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यहरुले जनहि ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता पाउने भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) को आज  बसेको कार्यसमितिको बैठकले टी -२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यहरु लाई  प्रोत्साहन स्वरूप उक्त रकम दिने  निर्णय गरेको हो । 

नेपालले यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप खेलेको थियो । 

विश्वकपमा सहभागी भएका खेलाडीबाहेक सपोर्ट स्टाफहरूलाई जनही डेढ लाख रुपैयाँका दरले प्रोत्साहन भत्ता दिने पनि क्यानको बैठकले निर्णय गरेको छ। 

क्यानले आगामी सेप्टेम्बर १ देखि लागू हुने गरी सातवटै प्रदेश क्रिकेट संघलाई १ वर्षसम्म जनही मासिक १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि गरेको छ । सो रकम हरेक प्रदेशका २ जना महिला र ३ जना पुरुष गरी ५ जना खेलाडीलाई उपलब्ध गराइने छ । 

त्यस्तै ३५ जना खेलाडीको पारिश्रमिक बापतको बजेट रकम प्रदेशहरूमा निकासा गर्ने र सम्बन्धित प्रदेशमार्फत नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button