हेडलाईनसमाचारगण्डकी

लमजुङको मर्श्याङ्दी गाउँ पालिकाले कृषि तथा पशु हाट बजार सञ्चालन गर्ने

• विजय अधिकारी । (संवाददाता ) । लमजुङ १३ भदौ २०८१ ।   लमजुङको मर्श्याङ्दी गाउँ पालिकाले  कृषि तथा पशु हाट बजार सञ्चालन गर्ने भएको छ। पालिकाले दशैको अबसर पारेर असोजको १७,१८ र १९ गते तीन दिने कृषि तथा पशुहाटबजार सञ्चालन गर्ने भएको हो।

पालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले  हाट बजार सञ्चालनका लागि गाउँ पालिकाको कृषि तथा पशु हाट बजार सञ्चालन कार्यविधि २०८० को दफा ४ बमोजिम कृषक संजालका अध्यक्ष भिस्मकान्त कुइकेलको अध्यक्षतामा १५ सदस्यीय कृषि तथा पशु हाटबजार सञ्चालन समिति गठन गरेको छ । समितिको सचिवमा कृषक सन्जालका सचिव रहने छन भने ९ वटै वडाका कृषक सन्जालका अध्यक्षहरु , कृषि शाखा प्रमुख विनोद दाहाल , पशु शाखा प्रमुख मधु न्यौपाने , मर्श्याङ्दी बहुउद्देश्यीय कृषि सहकारीका अध्यक्ष नविनराज कुइकेल , उद्योग बाणिज्य संघ  खुदी इकाईका खुशीराम गुरुङ सदस्य रहेका छन ।


त्यसैगरी मर्श्याङ्दी गाउँ पालिका कृषि तथा पशु हाट बजार न्युनतम समर्थन मुल्य कार्यन्वयन कार्यबिधी २०८० को परिच्छेद २ को दफा ३ को उपदफा १ बमोजिम मर्श्याङ्दी गाउँ पालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्युनतम समर्थन मूल्य निर्धारण समिति गठन गरिएको छ । सदस्यहरुमा मर्श्याङ्दी गाउँ पालिका उपाध्यक्ष , प्रशासकीय प्रमुख , वडा नम्बर-३ का वडा अध्यक्ष र आर्थिक समितिका संयोजक रहेका छन ।


 स्थानीय स्तरमा उत्पादन गरिएका वस्तुहरुको बजारीकरणका लागि दशैको अवसरमा पहिलो पटक कृषि तथा पशु हाट बजार मेला संचालन गर्न लागिएको जानकारी दिए ।
मर्श्याङ्दी गाउँ पालिका वडा नम्बर – ३, खुदी बजार स्थित कृषि सेवा केन्द्रमा हुने हाट बजार मेलामा कृषिजन्य उत्पादन , पशुजन्य उत्पादन लगाएतका विभिन्न स्थानीय उत्पादन र वस्तुहरु बिक्री बितरण साथै प्रदर्शन गर्न पाइने पालिका अध्यक्ष गुरुङले प्रहार समाचारलाई बताए ।


बैठकमा मर्श्याङ्दी गाउँपालिका भित्रका नौ वटै वडाका वडा अध्यक्षहरु , गाउँ पालिकाका जनप्रतिनिधिहरु , कर्मचारी , गाउँ पालिका तथा वडागत कृषक सन्जालका पदाधिकारीहरु र अगुवा कृषकहरुको उपस्थित रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button