हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाद्वारा हिंसापीडित, गर्भवती र वेरोजगार महिलालाई सहयोग

प्रहार समाचार । ११ भदौ २०८१ मङ्गलवार ।
तनहुँको व्यास नगरपालिकाले हिंसा पीडित, गर्भवती र बेरोजगार महिलाहरुलाई आर्थिक सहयोग गरेको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०८०/ ०८१ मा हिंसा पीडित महिलालाई लैङ्गिक हिंसा कोषबाट तीन जनालाई १० हजारका दरले रकम वितरण गरेको हो ।


हिंसाबाट पीडित महिलाहरूलाई जीविकोपार्जनका लागि सहजता प्रदान गर्ने उद्देश्यले उक्त रकम वितरण गरिएको महिला बालबालिका अपाङ्ग तथा जेष्ठ नागरिक उपसाकाकी प्रमुख राधा आचार्यले बताइन्।


यसैबीच नगरपालिकाले गर्भवती महिलालाई पोषण सहयोग कार्यक्रम ( महिलासँग उपप्रमुख ) अन्तर्गत २ सय ३० जनालाई ५ हजारका दरले ११ लाख ५० हजार रकम वितरण गरेको जनाएको जनाएको छ।


यसैबीच कक्षा १० + २ उत्तीर्ण बेरोजगार १३ जना महिलाहरुलाई अनुदान दिएको छ। कार्यविधि अनुसार सूचना प्रकाशित गरी आएका निवेदन उपर छानबिनगरि स्थलगत निरीक्षण  गरेर १३ जनालाई स्वरोगजारी सृजना गर्ने उद्देश्यले  ५० हजारका दरले ६ लाख र एक जनालाई ४० हजार प्रदान गरिएको उक्त शाखाकी प्रमुख आचार्यले बताईन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button