प्रहार समाचार । ११ भदौ २०८१ मङ्गलवार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन सहित दुईजना पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनिहरुलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनिहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ८१ ग्राम सहित फेला परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनिहरुलाई प्रहीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरूङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोष कुमार कुँवर रहेका छन् । उनिहरु दुबै जना हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौँ आएका थिए । प्रशान्तबाट सन्तोषले अवैध रूपमा सङ्कलन गरी लैजान लागेका थिए ।
आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि दुबैजनालाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।
























