आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँको  आँबुखैरेनी  बस दुर्घटना :  मृतकको शव परीक्षण सुरु

प्रहार समाचार । तनहुँ र भदौ २०८१ शनिवार ।  पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकमा दुर्घटना भई  मर्स्याङ्दी नदीमा खसेको  बसका मृतकहरुको शव परीक्षण चितवन स्थित भरतपुर अस्पतालमा सुरु गरिएको छ। 

 

‘शव परीक्षणपश्चात्  आवश्यक प्रक्रिया पुऱ्याएर शव भैरहवा हुँदै भारत पठाइने छ ‘ प्रजिअ यादवले भने । आँबुखैरेनी अस्पतालमा राखिएका मृत्यु भएका २६ जनाको शव शुक्रबार राति  चितवन पठाइएको आँबुखैरेनी अस्पतालका प्रमुख  डाक्टर डि वि क्षेत्रीले बताए ।  

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको थियो ।

यसै बिच मुङलीनको पुल नजिक एक जना भारतीय मूलको जस्तो देखिने दुबै खुहाको चोरी औलामा चाँदीको बेरुवा गोलो औठी लगाएकी अन्दाजी ४०/ ४५ वर्षीया एक जना महिलाको लाश प्रहरीले हिंजो  फेला पारेको जनाएको छ। नदि किनारामा निर्वस्त्र अवस्थामा घोप्टो अवस्थामा ती महिलाको शव फेला परेको औबुखैरेनी प्रहरी चौकीका निरिक्षक सोम बहादुर थापाले बताए । 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button