हेडलाईनसमाचारप्रदेशखेलकुद

साफ यू–२० च्याम्पियनसिप : आज  नेपाल  बंगलादेशसँगै भिड्दै

प्रहार समाचार । काठमाडौं ६ भदौ २०८१ बिहिवार । आज दिउँसो ३ बजे सुरु हुने साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बंगलादेशसँगै भिड्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल शुरू हुनेछ। 

समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेलअगावै सेमिफाइनल पुगिसकेका छन् । यो खेलको विजेता टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन् ।

समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ । 
समूह चरणको अन्तिम खेलमा शुक्रबार भारत र मालदिभ्स खेल्न बाँकी छ । यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा हुने बताईएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button