हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँको जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हज़ार सैंयाको  बनाउने राष्ट्रपति पौडेलको पहल

प्रहार समाचार । काठमाडौै १ भदौ २०८१ शनिवार ।  राष्टपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानकारुपमा निर्माण गर्ने चासो देखाएको छ । 


भारत सरकारले उपचार सेवाका लागि हाल बनाउन लागेको तीन सय शैय्याको डीपीआर तयार भएकोमा सो अपुग भएकाले हज़ार सैयाकै बनाइदिन राष्ट्रपति पौडेलले आग्रह गरेपछि भारतीय पक्षले  उक्त चरणको अस्पताल निर्माण भइसकेपछि हजार शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।


राष्ट्रपति पौडेलसँग शुक्रबार भएको एक भेटमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले सो प्रतिवद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शैयाको डीपीआर सम्बन्धी संरचना तयार गरी सो अनुसारको निर्माण कार्यलाई अघि बढाउने बारेमा पहल भएकोमा त्यसलाई हजार शैयाको बनाउनेबारेमा राष्ट्रपति पौडेलले विशेष चासो राख्दै आएका थिए ।


पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सो केन्द्र स्थापना भएको हो । सो केन्द्रलाई देशकै एक विशिष्ट अस्पतालका रुपमा तथा चिकित्सा शिक्षण प्रतिष्ठानका रुपमा विकास गरिने लक्ष्य समेत अघि बढाइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button