हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

एक महिना बन्द रहेको छाब्दि वाराही मन्दिर आजबाट खुल्ला

प्रहार समाचार । तनहुँ १ भदौ २०८१ शनिवार । तनहुँको प्रसिद्ध छाब्दी वाराही मन्दिरमा पूजा आजाका लागि आजबाट खुल्ला भएको छ। मत्स्य अवतार देविका रूपमा परिचित छाब्दि वाराही मन्दिरमा साउन महिना भरी बन्द हुने गर्दछ ।

मत्स्य अवतार वाराही देवि श्रावण महिना भरि गुफा बस्ने हुदा यस मन्दिरमा श्रावण महिना भरि पुजा बन्द भएको ह मन्दिरका पुजारी चोल बहादुर आलेले बताए ।


यस मन्दिरमा हरेक महिनाको एकादशी र औशीमा पनि पुजा बन्द हुने गर्दछ । आज बाट सम्पूर्ण भक्तजनहरुका लागि मन्दिर विहानैदेखि खुल्ला भएको छाब्दि बाराहि विकाश कोषका अध्यक्ष थानवहादुर थापाले बताए । भाकल गरी आएर मन्दिरमा पूजा आजा गरेपछि मनोकांक्षा पूरा हुने विश्वास रहेको यस मन्दिरमा वार्षिक रूपमा लाखौं भक्तजनहरु आउने गर्दछन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button